+
+

सेयर बजार बढ्यो, ४ अर्ब १४ करोडको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २७ गते १५:१४

२७ चैत, काठमाडौं । मंगलबार सेयर बजार ९.१९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०३६ अंकमा कायम भएको छ । कुल ४ अर्ब १४ करोडको कारोबार भयो । यसअघि आइतबार ४ अर्ब २५ करोडको कारोबार भएको थियो ।

कुल १३७ कम्पनीको मूल्य बढ्दा १०१ को घटेको छ भने ७ को स्थिर रह्यो । फाइनान्स र अन्य समूह २–२ प्रतिशतभन्दा धेरै बढे । उत्पादन र माइक्रोफाइनान्स समूह भने १ प्रतिशतभन्दा धेरै घटे ।

बैंकिङ ३, विकास बैंक २७, फाइनान्स ५६, हाइड्रोपावर १८, जीवन बीमा ५०, निर्जीवन बीमा १०५, अन्य ४० र ब्यापार समूह ११ अंक बढे । माइक्रोफाइनान्स ४६, उत्पादन १०० र होटल तथा पर्यटन समूह ३५ अंक घटे ।

जानाकी फाइनान्स, नेपाल फाइनान्स, पोखरा फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । इमर्जिङ नेपालको ८.४ र उन्नति सहकार्य लघुवित्तको ७.७ प्रतिशत मूल्य बढ्यो ।

विन नेपाल लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । मानुषी लघुवित्तको ५.३, सबैको लघुवित्तको ४.४, समता लघुवित्तको ४.४ र बुद्धभूमि हाइड्रोको ३.९ प्रतिशत मूल्य घट्यो ।
कारोबार रकमका आधारमा सूर्यज्योति लाइफ इन्स्योरेन्स, गोर्खाज फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स र पोखरा फाइनान्स क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?