 
																						उम्मेदवार विमला घिमिरे र विष्णुदेवी पुडासैनी ।								
											२८ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार विमला घिमिरेलाई समर्थन गर्ने भएको छ ।
राष्ट्रिय सभा उपाध्यक्षमा नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी पनि उम्मेदवार छिन् । यसअघि एकीकृत समाजवादीले समेत उपाध्यक्षमा दाबी गर्दै आएको थियो । तर एमालेको तर्फबाट उम्मेदवारी परेपछि एकीकृत समाजवादीले छुट्टै उम्मेदवारी दिएन ।
एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार एमालेकी उम्मेदवार घिमिरेलाई मत दिने निर्णय भएको छ । उपाध्यक्ष पदको निर्वाचन आज हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4