
काठमाडौं । चर्चित र्यापर गिरिश खतिवडासँग मिलेर समीरमणि दीक्षितले नयाँ टेलिभिजन कार्यक्रम ‘दिस मर्निङ लाइभ’ होस्ट गर्ने भएका छन् । हिमालय टेलिभिजनमा भोलिदेखि प्रत्येक बिहान साढे ६ देखि साढे ८ बजेसम्म यो कार्यक्रम प्रसारण हुँदैछ ।
नयाँ शैली, प्रस्तोता र सेट डिजाइनसहित आउन लागेको कार्यक्रमको होस्टमा सिर्जना जोशी पनि छिन् । अन्य प्रस्तोता पनि निकट भविष्यमा जोडिने दीक्षितले जानकारी दिए ।
समाजमा राम्रो काम गरेका नयाँदेखि विशिष्ट अतिथिलाई बोलाएर समसामयिक विषयमा छलफल गर्नेदेखि, अनौपचारिक र गहनरुपमा छलफल चलाउने, वहस र प्यानल डिस्कसन गर्ने, विकृतिबारे विमर्श गर्ने कार्यक्रम तय गरिएका छन् ।
यसअघि विभिन्न टिभीमा प्रसारण भएको यो कार्यक्रम सातौं वर्षमा हिमालय टिभीमा नयाँ स्वरुपसहित आउन लागेको हो । वी-चार क्रिएसन कम्पनीका लागि अशोक गौतमले कार्यक्रम निर्माण गर्न लागेका हुन ।
‘हामीले नयाँ प्लाटफर्म खोजिरहेका थियौं । यस्तोमा हिमालय टिभीसँग हाम्रो विचार र योजना मिल्यो,’ प्रस्तोता तथा अभिनेता समेत रहेका दीक्षितले अनलाइनखबरसँग भने । नयाँ अनुहार र विचार भएका कारण र्यापर खतिवडासँग सहकार्य भएको पनि उनले बताए ।
प्रतिक्रिया 4