+
+

नेपालले टस हारेर पहिला फिल्डिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३० गते १६:०६

 ३० चैत, काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा टस हारेर पहिला फिल्डिङ गर्ने निम्तो पाएको छ ।

ओमानको अल अमरेत मैदानमा १ मा मलेसियाका कप्तान विरनदीप सिंहले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिंदै नेपाललाई फिल्डिङको निम्तो दिएका हुन् ।

उपाधि दाबेदार नेपाल मलेसियालाई हराउँदै सानदार सुरुवात गर्ने योजनामा छ । समूह ‘ए’ मा नेपाल, हङकङ, कतार, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा ओमान, यूएई, कम्बोडिया, बहराइन र कुवेत छन् । प्रतियोगिता विजेताले टि-२० विश्वकपपछि हुने टि-२० एसिया कप खेल्न पाउनेछ ।

नेपालको प्लेइङ ११ : रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, र अभिनाश बोहरा ।

बेन्च : प्रतिश जि.सी, विवेक यादव र अनिल शाह ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?