+
+

भक्तपुरमा मनाइयो सिन्दूर जात्रा (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ वैशाख २ गते १८:४७

२ वैशाख, काठमाडौं । मध्यपुरथिमी क्षेत्रमा हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दूर जात्रा मनाइएको छ ।

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले हर्षोल्लासका साथ सिन्दूर खेलेर जात्रा मनाएका हुन् ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दूरे जात्रा मनाइने गरिन्छ ।

जात्रामा विभिन्न परम्परागत बाजा बजाउँदै देवताका मूर्तिसहितको खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दलेर रमाइलो गर्ने भएकाले यसलाई सिन्दूर जात्रा भनिएको हो ।

जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर एवम् फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?