+

इंग्ल्याण्ड ‘सी’सँग खेल्न नेपालको प्रारम्भिक टोली घोषणा

२०८१ वैशाख  २ गते १४:२४ २०८१ वैशाख २ गते १४:२४
इंग्ल्याण्ड ‘सी’सँग खेल्न नेपालको प्रारम्भिक टोली घोषणा

२ वैशाख, काठमाडौं । इंग्ल्याण्ड सी टिमसँग आगामी मे मा हुने मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले आइतबार २८ सदस्यीय टोली घोषणा गरेका हुन् ।

बहराइनविरुद्ध विश्वकप छनोटको दुई खेल खेल्न गएका २३ जनामध्ये २२ जना यथावत छन् भने टिममा ६ खेलाडी थप गरिएको छ । थपिएका खेलाडीमा गोलकिपर सन्तोष महत, डिफेण्डरहरू रोहित चन्द, विमल पाण्डे, योगेश गुरुङ, मिडफिल्डर फत्तेमान घले र फरवार्ड राजेश परियार छन् ।

बहराइन गएका सुमित श्रेष्ठ भने टिममा परेका छैनन् ।

गोलकिपर : किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार, सन्तोष महत

डिफेन्डर : अभिषेक लिम्बु, अजय चौधरी, विशाल बस्नेत, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई, रोहित चन्द, विमल पाण्डे, योगेश गुरुङ

मिडफिल्डर : भरत खवास, लकेन लिम्बु, मणिकुमार लामा, मनीष डाँगी, रोहन कार्की, उत्सव राई, फत्तेमान घले

फरवार्ड : अञ्जन विष्ट, दिनेश हेम्जन, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ, सञ्जिव विष्ट, राजेश परियार

इंग्ल्याण्ड सी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय