+
+

अधिकांश कम्पनीको सेयर मूल्य बढ्दा पनि नेप्से घट्यो

माइक्रोफाइनान्स सूचकमा उच्च वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २ गते १५:१८

२ वैशाख, काठमाडौं । नयाँ वर्ष २०८१ को पहिलो कारोबार दिन सेयर बजार झिनो अंकले घटेको छ । २.३५ अंकले घट्दै नेप्से २०२३ अंकमा अडेको छ । कुल ३ अर्ब ६ करोड रुपैयाँ बराबरको कारोबार भयो । यद्यपि अधिकांश कम्पनीको सेयर मूल्य भने बढेको छ ।

१२७ कम्पनीको मूल्य बढ्दा १०८ को घट्यो भने १० को स्थिर रह्यो । बढेकाभन्दा घटेका कम्पनीको पुँजीकरण रकम उच्च हुँदा नेप्से घटेको हो ।

माइक्रोफाइनान्स १.९ तथा फाइनान्स समूह् १ प्रतिशत बढे । हाइड्रोपावर ०.३९ तथा ब्यापार समूह् ०.५० प्रतिशत बढे । निर्जीवन बीमा समूह सबैभन्दा धेरै १ प्रतिशत घट्यो । त्यस्तै अन्य ०.४१, उत्पादन ०.४४, जीवन बीमा ०.७०, लगानी ०.८२, होटल तथा पर्यटन ०.३१, विकास बैंक ०.४१ र बैंकिङ समूह ०.३२ प्रतिशत घटे ।

सिर्जनशील लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । एनआईसी एसिया लघुवित्तको ९.७२, दोल्ती पावरको ९.३५, राप्ती हाइड्रोको ९.२३, मिथिला लघुवित्तको ८.७, कालिका लघुवित्तको ८.१२, मनकामना स्मार्ट लघुवित्तको ७.९ तथा सबैको लघुवित्तको ७.७ प्रतिशत मूल्य बढ्यो ।

गुराँस लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । तेह्रथुम पावरको ४.३ र तारागाउँ रिजेन्सीको ३.९ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सानिमा माइ हाइड्रोपावर, पोखरा फाइनान्स, ङादी ग्रुप, सूर्यज्योति लाइफ इन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?