+
+

पेरिस पारालम्पिक तयारी प्रशिक्षणका लागि पलेशा नेपालमा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते ७:०४

३ वैशाख, काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा अगष्टमा फ्रान्समा हुने पेरिस पारालिम्पिकको तयारीका लागि आइतबार नेपाल आएकी छन् ।

एयर चाइना विमानबाट पलेशा आइतबार बिहान ११ः०५ बजे नेपाल अवतरण गरेको पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जनाएका छन् ।

गत चैत ४ गते चीनको ताईयाङमा भएको एसियाली छनोट प्रतियोगिताअन्तर्गत के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले स्वर्ण जित्दै पेरिस पारालिम्पकका छनोट भएकी थिइन् । छनोट चरण पार गरेर पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली पारा खेलाडी बनेकी छन् । समग्रमा भने पलेशा तेस्रो खेलाडी हुन् ।

यसअघि तेक्वान्दोकै संगीना वैद्यले २००४ को एथेन्स तथा दीपक विष्टले २००८ को बेइजिङ ओलम्पिकमा छनोट चरण पार गरेर खेलेका थिए । पलेशाले सोमबारदेखि प्रशिक्षण सुरु गर्ने प्रशिक्षक लामाले जानकारी दिए ।

पलेशा चीनको सांघाईंस्थित तोङजी विश्वविद्यालयमा आर्किटेक्चर अध्ययन गरिरहेककी थिइन् । तयारी प्रशिक्षणकै लागि पलेशा साँघाईंबाट नेपाल आएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?