+
+

बुद्धचित्तको रुख काटिएको प्रकरणमा थप २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते १०:११

३ वैशाख, काठमाडौं ।  काभ्रेको रोशी गाउँपालिका-५, सीसाखानीमा रहेको बुद्धचित्तको रुख काटिएको प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेकी प्रमुख एसपी वसुन्धरा खड्काका अनुसार, घटनामा संलग्न रहेको आशंकामा श्यामकृष्ण मैनाली र अर्का राधाकृष्ण मैनाली पक्राउ परेका हुन् ।

रुखका धनीले वार्षिक ३ करोड रुपैयाँ दिने गरी ५ वर्षलाई सत्यमान लामा र सन्दीप त्रिपाठीलाई रुख बिक्री गरेको गरेका थिए । तर, भर्खर फुलखेल्दै गरेको ठकुरानी तामाङको बुद्धचित्तको रुख बिहीबार राति काटिएको थियो ।

अर्को पक्षले रुखको ठेक्का नपाएपछि काटिएको हुनसक्ने आशंका गरिएको छ । घर वरपर सकेट बम राखेर रुख काटिएको थियो । घर धनीलाई बाहिर निस्कन समेत नदिई अज्ञात समूहले रुख काटेको थियो ।

लगत्तै प्रहरीले रुखधनीका परिवारलाई धम्की दिएको पाइएपछि मानबहादुर तामाङ (सिजन) लाई काठमाडौंबाट पक्राउ गरेको थियो । शनिबार साँझ दुर्गालाल तामाङ (प्रभात) पनि पक्राउ परेका थिए । उनलाई बुद्धचित्तको रुख काट्ने योजनाबारे पहिल्यै जानकारी भएको प्रहरी दाबी छ ।

बुद्धचित्तको रुखमा फल्ने दाना धार्मिक प्रयोजनका लागि प्रयोग हुने गर्छ । नेपालको काभ्रेमा फल्ने बुद्धचित्तको दाना प्रशोधन गरेर चीन, तिब्बतबाहेक जापान, मकाउ, थाइल्यान्ड, कोरिया, भियतनामलगायत देशमा पनि पठाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?