+
+

ऋचाले काठमाडौंबाट थालिन् ‘सारंग’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३ गते १३:१४

काठमाडौं । बाल मनोविज्ञानमा आधारित फिल्म ‘सारंग’को छायांकन सुरु भएको छ । काठमाडौं आसपासमा छायांकन हुने यो फिल्ममा ऋचा शर्माको शीर्षमध्येको भूमिका छ ।

प्रशान्त तामाङको निर्देशन रहने फिल्मको कान्जिरोवा स्कुल कोटेश्वरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै सुटिङ थालिएको हो । सुटिङ सेड्युल करिब एक महिनाको तय गरिएको छ ।

नृत्य निर्देशकको रुपमा परिचित तामाङको यो निर्देशकीय कथानकले बाल मनोविज्ञान, बाल अधिकार र धनी तथा गरिब परिवारको खाडलबारेको कथा भन्छ । यसअघि पनि बालमनोविज्ञानको विषयमा ‘ठूलो मान्छे’ निर्देशन गरेका प्रशान्तले फिल्ममार्फत समाजलाई सकारात्मक सन्देश प्रवाह गर्ने कोसिसमा रहेको बताउँछन् ।

दर्शन बुद्ध फिल्म्सको ब्यानर र निर्माणमा रहेको फिल्ममा ऋचासहित उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, नीरज ब्ल्याक, दीपिका थापा, सुमन सागरजंग केसीका साथमा बालकलाकारद्वय सम्राट थापा र आदित्य कार्की मुख्य भूमिका छ ।

यो फिल्मलाई बाल दिवसको छेकोमा प्रदर्शन गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?