+
+

राष्ट्रपति रनिङ शिल्ड सुरु, पहिलो दिन गणेशको कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते २१:२९

४ वैशाख, काठमाडौं । १४ औं केन्द्रीय स्तरको राष्ट्रपति रनिङ शिल्डको मंगलबार उद्घाटन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा प्रतियोगिताको उद्घाटन गरेका छन् ।

उद्घाटनका अवसरमा उनले नेपालको खेलकुद विकासका लागि हरेक स्थानीय तहबाटै सरकारले खेलकुदको विकास गर्नुपर्ने धारणा राखे ।

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रपति रनिङ शिल्डमा सहभागी खेलाडीले नै एकदिन अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको झण्डा बोक्ने बताए ।

राखेपका सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय टिम निर्माणको जग रहेको उल्लेख गर्दै ६३५ स्थानीय तहबाट छनोट भएका खेलाडी प्रतियोगितामा सहभागी हुने जानकारी दिए ।

उद्घाटन कार्यक्रमको सुरुमा सातै प्रदेशका खेलाडी, प्रशिक्षक, प्रतियोगिताका निर्णायक र कलाकारहरुले मार्च पास गरेका थिए । त्यस्तै विभिन्न खेलका ओलम्पियनले दशरथ रंगशालामा ओलम्पिक टर्च र्‍यालीका साथै तेक्वान्दोकी पारा ओलम्पियन पलेशा गोवर्द्धनले ओलम्पिक टर्च प्रज्ज्वलन गरेकी थिइन् ।

उद्घाटन सत्रमा खेलाडीको तर्फबाट कर्णाली प्रदेशकी उसु खेलाडी सन्ध्या राणा क्षेत्री तथा निर्णायकको तर्फबाट करातेका प्रकाश मोहन धौबडेलले शपथ लिएका थिए । साथै उक्त समारोहमा विभिन्न सांस्कृति नृत्य र तेक्वान्दो, डान्स स्पोर्ट्स र तेक्वान्दो खेलाडीको डेमोन्स्ट्रेसन भएको थियो । तृष्णा गुरुङ एन्ड दि कोल्याब समूहले प्रस्तुति दिएको थियो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलमा प्रतिस्पर्धा हुँदैछ ।

पहिलो दिन एथलेटिक्सको ८ स्पर्धाको फाइनल सम्पन्न भएको छ भने भलिबल र कबड्डीको प्रतिस्पर्धा पनि सुरु भएको छ । एथ्लेटिक्स अन्तर्गत हाइजम्पमा गण्डकी प्रदेशका गणेश विकले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

पहिलो दिन गण्डकी, कर्णाली र सुदूरपश्चिमले २-२ स्वर्ण जितेका छन् भने लुम्बिनी र मधेशले समान १ स्वर्ण जितेका छन् । बागमती प्रदेशले ३ रजत जित्दा कोशीले १ कांस्य मात्र जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?