+
+
Shares

वनको बाटो हुँदै गाँजा तस्करी, १५० किलो गाँजासहित ७ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ५ गते १६:५३

५ वैशाख, काठमाडौं । १५० किलो गाँजासहित मकवानपुरबाट ७ जनालाई पक्राउ गरेको छ ।

मनहरी गाउँपालिका–४ माथिल्लो मसिनेस्थित मध्यवर्ती सामुदायिक वनबाट अवैध लागूऔषध गाँजा १ ५० किलोसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका–७ बस्ने १९ वर्षीय टिकाराम प्रजा, सोही गाउँपालिकामा बस्ने १५ वर्षीय किशोर, कैलाश गाउँपालिका–४ बस्ने २८ वर्षीय बम बहादुर चेपाङ, २७ वर्षीय हरि कुमार प्रजा, २७ वर्षीय वीरमान प्रजा, मनहरी गाउँपालिका–३ हाडीखोला बस्ने ४४ वर्षीय रामहरि लुईंटेल र सोही गाउँपालिका–५ बस्ने ३६ वर्षीय दीपक थापा मगर रहेका छन् ।

पर्सा राष्ट्रिय निकुञ्ज लामिटारका कर्मचारी र सोही निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलीले उनीहरूलाई उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो ।

बोरामा गाँजा बोकेर पर्सा जिल्लातर्फ लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?