+
+

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते ८:३५

७ वैशाख, काठमाडौं । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ धारावतीमा जन्ती बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते भएका छन् ।

दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान सात बजेर २० मिनेटमा दुर्घटना भएको थियो ।

दुर्घटनामा तीन जनाको मृत्यु भएको र उनीहरुको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता निरञ्जन भट्टराईले जानकारी दिए ।

उनका अनुसार घाइतेहरुलाई उपचारका लागि बाह्रबिसे तर्फ लैजाने काम जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?