+
+

स्टान्डर्ड चार्टर्ड बैंकको नाफा घट्दा निष्क्रिय कर्जा २ गुणा बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ७ गते ९:४१

७ वैशाख, काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकको नाफा ६ प्रतिशतले घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि चैत मसान्तसम्म खुद नाफा २ अर्ब ४४ करोड ७१ लाख रुपैयाँ छ ।

गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा २ अर्ब ६१ थियो । बैंकको खुद ब्याज आम्दानी घट्दा नाफामा असर परेको देखिन्छ । चालु आवको तेस्रो त्रैमासमा बैंकले ३ अर्ब ९२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ४ अर्ब ४० करोड रुपैयाँ थियो । बैंकले लोन लस प्रोभिजनवापत २५ करोड छुट्याएको छ । चैत मसान्तसम्म वितरणयोग्य नाफा १ अर्ब ८१ करोड रुपैयाँ छ ।

बैंकको निष्क्रिय कर्जा भने बढेको छ । चैत मसान्तसम्म कुल कर्जामा निष्क्रिय कर्जाको अंश २.१४ प्रतिशत छ । पहिले यस्तो कर्जा ०.९० प्रतिशत थियो । बैंकको वार्षिक प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ६० पैसा छ । अन्य वाणिज्य बैंकको तुलनामा यस बैंकको प्रतिसेयर आम्दानी उच्च छ ।  प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ८५ पैसा छ । चैत मसान्तसम्म सीडी रेसियो ७८ छ । आधार दर ६.५३ तथा स्प्रेड दर ४ प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?