
२० वैशाख, विराटनगर । मोरङको सुन्दरहरैंचामा विभत्स अवस्थामा एक महिलाको शव फेला परेको छ ।
सुन्दरहरैंचा नगरपालिका–५ गोर्खाली टोलकी ४५ वर्षीया मनमाया तामाङको शव आफ्नै घरभित्र अर्धनग्न अवस्थामा फेला परेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार महिलाका श्रीमान् ५० वर्षीय पदमबहादुर तामाङ फरार छन् ।
मनमायाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बस्नेतले जानकारी दिए । उनले भने, ‘शरीरको विभिन्न भागमा चोटपटक देखिएको छ ।’
प्रहरीका अनुसार आमाको शव देखेपछि छोरीले बिहीबार बिहान ७ः२० बजेतिर प्रहरीलाई खबर गरेकी थिइन् । घरमा पदमबहादुर र मनमाया मात्रै बस्दै आएका थिए । छोरीको बिहे भइसकेको र छोरा वैदेशिक रोजगारीमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4