+
+

दार्चुलाका उच्च भेगमा सडक सुविधा पुर्‍याउन निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २० गते १८:३०

२० वैशाख, काठमाडौं । संसदको पूर्वाधार विकास समितिले दार्चुलाका उच्च भेगमा सडक सुविधा पुर्‍याउन सरकारलाई निर्देशन दिएको छ ।

समिति सभापति दीपकबहादुर सिंहले अपि हिमालको आधार क्षेत्रतर्फ जाडो महिनामा पशुपालनका लागि तल झर्ने र गर्मी चढ्दा माथि जाने नेपाली नागरिकले सडकको अभावमा भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको भन्दै यो बाध्यता हटाउनु पर्ने बताए ।

यहाँ गोरेटो बाटो रहेपनि भूकम्प र त्यसपछिको प्राकृतिक विपत्तिले सडक बिग्रिएर हिड्न नसक्ने अवस्था रहेको भन्दै उनले त्यसको मर्मत गर्न निर्देशन दिए ।

नेपाली नागरिकलाई आफ्नै मुलुकको बाटो हुँदै आवतजावत गर्ने वातावरण यसै वर्षभित्र बनाउन समेत उनले निर्देशन दिएका हुन् ।

महाकाली कोरिडोरको काम पुरा गर्न अझै केही वर्ष लाग्ने भन्दै यो गोरेटो सडक सुचारु निर्देशन दिएका हुन् । समितिको बिहीबारको बैठकमा राष्ट्रिय गौरवका सडक आयोजनाबारे छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?