+
+

‘बोक्सीको घर’ ले रुढिवादी चिन्तनको जरामा आगो लगाइदिएको छ : स्वस्तिमा खड्का

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २३ गते १४:५९
फाइल तस्वीर

काठमाडौं । अहिले हलमा चलिरहेको केकी अधिकारी स्टारर फिल्म ‘बोक्सीको घर’ लाई लिएर टिप्पणी आउने क्रम जारी छ । यो फिल्मले दोस्रो सप्ताहन्तसम्म ७ करोड रुपैयाँभन्दा माथिको व्यापार गरेको अनुमान छ । गम्भीर विषयवस्तु बोकेको फिल्मले उछाल कमाइ गरेपछि यसबारे बहस पनि चलेको छ ।

यस्तोमा अभिनेत्री तथा निर्मात्री स्वस्तिमा खड्काले केकी र ‘बोक्सीको घर’को समर्थन गर्दै नेपाली फिल्म क्षेत्रको मनोविज्ञानबारे विश्लेषणात्मक टिप्पणी गरेकी छन् । नेपाली फिल्म क्षेत्रमा ‘बोक्सी’जस्तै केही रुढिवादी चिन्तन रहेको र ती चिन्तनलाई यो फिल्मले जरामा आगो लगाइदिएको स्वस्तिमाको भनाइ छ ।

विशेषतः मुख्य चार रुढिवादी चिन्तन नेपाली फिल्ममा व्याप्त रहेको स्वस्तिमाको भनाइ छ, ‘पहिलो– ३० वर्ष उमेर पार भएकी अभिनेत्रीलाई दर्शकले पर्दामा हेर्न चाहँदैनन् । दोस्रो– महिलाप्रधान चलचित्र व्यवसायिकरुपमा सफल हुँदैनन् । तेस्रो– अभिनेत्रीलाई पुरुष कलाकारको साथ चाहिन्छ । चौथो– विवाहित अभिनेत्री चलचित्रमा रुचाइँदैनन् ।’

फिल्म क्षेत्रमा रहेका यी भाष्यलाई ‘बोक्सीको घर’ले गलत सावित गरिदिएको स्वस्तिमाको भनाइ छ ।

स्वस्तिमा लेख्छिन्–

बोक्सीको घर’ अहिले दर्शकप्रेमले भरिएको छ । हरेक उमेर समूहलाई यसले फरक–फरक आँखझ्याल दिएको छ । सदियौंदेखि सुन्दै आएको सामाजिक कुरीतिको कथा भएकाले ‘बोक्सीको घर’ सबैको फिल्म भएको छ । मलाई भने यो फिल्मले बेग्लै दृष्टि दिएको छ । खासगरी नेपाली फिल्म क्षेत्रमा ‘बोक्सी’ प्रथाजस्तै केही रुढीवादी चिन्तन व्याप्त छन्, जस्तो :

३० वर्ष उमेर पार भएकी अभिनेत्रीलाई दर्शकले पर्दामा हेर्न चाहँदैनन् ।

महिलाप्रधान चलचित्र व्यावसायिक रूपमा सफल हुँदै हुँदैनन् ।

अभिनेत्रीलाई पुरुष कलाकारको साथ चाहिन्छ चाहिन्छ ।

विवाहित अभिनेत्री चलचित्रमा रुचाइँदैनन् ।

बोक्सीको घर’ले यी सबै रुढिवादी चिन्तनको जरामा आगो लगाइदिएको छ । अभिनेत्रीलाई लिएर चलचित्र क्षेत्रमा व्याप्त कयौं गलत भाष्यलाई गलत सावित गरिदिएको छ । चलचित्रका गुणअवगुणलाई एकातिर पन्छाएर म यो ‘छलाङ’लाई उत्सवझैं मनाउन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?