+
+

बालमन्दिर जग्गा विवाद : २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते १२:१५

२७ वैशाख, काठमाडौं । नक्सालस्थित बालमन्दिर जग्गा विवादको विषयमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसपी तथा प्रवक्ता होबिन्द्र बोगटीले २० जनाविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी भएको अनलाइनखबरलाई बताए । पक्राउ पुर्जी जारी भएको पुष्टि गरे पनि कसलाई जारी भएको भन्ने केही खुलाएको छैन ।

बालमन्दिरको तर्फबाट आज बिहीबार नै सीआईबीमा जाहेरी परेको थियो । २०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधिग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात बालमन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा राखेको थियो ।

यो जग्गा प्रकरणबारे सीआईबीले यसअघि पनि सूक्ष्म रूपमा अनुसन्धान अघि बढाएको थियो । सीआईबीको अनुसन्धानमा समेत जग्गा दुरुपयोग गरिएको खुले पनि औपचारिक रूपमा जाहेरी नपरेकाले मुद्दा प्रक्रिया अघि बढेको थिएन ।

बिहीबार भने बालमन्दिरको तर्फबाट जाहेरी परेसँगै औपचारिक रूपमा अनुसन्धान र मुद्दाको प्रक्रिया अगाडि बढेको एसपी बोगटीले जानकारी दिए ।

बालअधिकार सम्बन्धी महासन्धिले उठाएका मुद्दाहरू लागू गर्न भन्दै २०४९ सालमा सरकारबाट अधिकार पाएको बालमन्दिरले भने आफ्नो क्षेत्राधिकार अनुसार काम नगरी जग्गा दुरुपयोग भएको दाबी गरेको छ ।

११९ रोपनीमध्ये धेरैजसो जग्गा विभिन्न सरकारी निकायहरूले भोगचलन गरिरहेका छन् । त्यसमा पनि संगठनका तत्कालीन पदाधिकारी र कर्मचारीको सेटिङमा मन्दिरको २९ रोपनी ४ आना जग्गा निजी विद्यालय वृहस्पति विद्या सदनलाई ५९ वर्षका लागि सस्तो भाडामा लिजमा दिइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?