+
+

यही राजनीतिक शैलीले संघीयता बच्दैन : झाँक्री

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते १३:१०

२८ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले अहिलेको राजनीतिले संघीयता बचाउन नसक्ने बताएकी छन् ।

नेपाली कांग्रेसका स्व. नेता प्रदीप गिरीको स्मृति सभामा आयोजित कार्यक्रममा बोल्दै उनले अहिलेको राजनीतिक शैलीले संघीयतालाई टिक्न नदिने बताएकी हुन् ।

झाँक्रीले संघीयता सबलीकरणका लागि शासकीय स्वरूप वा निर्वाचन प्रणाली फेर्न जरुरी रहेको धारणा राखेकी छन् । उनले भनिन्, ‘शासकीय स्वरूप र निर्वाचन प्रणाली नफेरिकन कतै पुगिनेवाला छैन ।’

झाँक्रीले संघीयताले पूर्णता पाउने कुरामा आफू विश्वस्त नरहेको बताइन् । उनले भनिन, ‘संघीयता कहिलेसम्म हो भन्ने कुरामा शंका छ ।’

सचिव झाँक्रीले समानुपातिक र प्रत्यक्ष निर्वाचित गरी २७५ जना सांसद चुनिसकेपछि राष्ट्रिय सभामा फेरि ५९ जना चन्नुको औचित्य नरहेको धारणा राखिन् ।

उनले भनिन्, ‘राष्ट्रिय सभामा ५९ जना कायम राख्ने हो भने समानुपातिक प्रणाली हटाउनुपर्छ यसको काम छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?