+
+

खुट्टा ढोगेको विवादमा एलिना : ‘राजाको पनि त खुट्टा रानीले ढोगेको हामीले देखेका छौं नि’

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २८ गते १४:०२

काठमाडौं । विवाहपछि पनि गायिका एलिना चौहानलाई विवादले छाडेन । हालै पनि लामै समय खुट्टा ढोगेको भिडियोले सामाजिक संजालमा चर्चा पाएको थियो ।

सो भिडियोमा एलिनाले दुई मिनेटभन्दा लामो समय लगातार खुट्टा ढोगिरहेको देखिन्छ । उनका श्रीमानले लगातार पैसा दिइरहेका देखिन्छन् र एलिनाले एकोहोरो खुट्टा ढोगिरहेको देखिन्छ ।

यो भिडियोमा टिप्पणी गर्दै महिला अभियन्ताले विरोध गरेका थिए । सामाजिक संजाल पनि तातेको देखियो । यतिबेला भने एलिनाले यो विवादमा मुख खोलेकी छिन् ।

मिडिया कुराकानीमा उनले भनेकी छन्- म लोकप्रिय गायिका सँगै कसैको श्रीमती पनि हुँ नि । म गायिका भएँ भन्दैमा आफ्नो संस्कृति बिर्सन मिल्दैन । भगवान त भगवानै हो नि, तर भगवानको पालादेखि खुट्टा ढोग्ने चलन रहेको छ नि । राजाको पनि त खुट्टा रानीले ढोगेको हामीले देखेका छौं नि ।’

चलिआएको चलनलाई खुशिसाथ आत्मसात गर्दा कसैलाई समस्या नहुनुपर्ने उनको धारणा छ । ‘यसबारेमा विवाद बनाउनुपर्ने कुरा केहि देख्दिन, अन्य सेलिब्रेटिले पनि त खुट्टा ढोगेका थिए त । त्यस बारेमा कसैले पनि केहि भनेनन्, तर मैले जे गरेपनि विवाद नै हुने, चर्चा नै हुने किन होला ?’ उनको प्रश्न छ ।

उनले आफ्नो खुशिको लागि खुट्टा ढोगेको बताएकी छन् । भन्छिन्- ‘मैले मेरो खुशीका लागि खुट्टा ढोगेको हुँ, तर मैले ढोगें भन्दैमा सबैले ढोग्नु पर्छ भन्ने त छैन । आफ्नो विचार र खुशी हो जसलाई जस्तो मन पर्छ त्यस्तै गर्दा हुन्छ नि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?