+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एकीकृत समाजवादीको महाधिवेशनमा पेश गर्ने प्रतिवेदनको मस्यौदामाथि छलफल सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २९ गते १९:०८

२९ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदनसहितका मस्यौदामाथि आन्तरिक छलफल सुरु गरेको छ ।

शनिबार काठमाडौंको आलोकनगरस्थित पार्टी मुख्यालयमा सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय महाधिवेशनका लागि तयार पारेको राजनीतिक प्रतिवेदनको मस्यौता प्रस्तुत गरेका हुन् ।

त्यसैगरी सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, महासचिव घनश्याम भुसालले सांगठानिक प्रतिवेदन, उपाध्यक्ष डा.वेदुराम भुसालले विधान संशोधन प्रतिवेदनको मस्यौदा बैठकमा प्रस्तुत गरेका पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार प्रस्तुत प्रतिवेदनहरुमाथि आइतबार स्थायी कमिटीका सदस्यहरुले सुझाव दिनेछन् । ‘यसमा स्थायी कमिटीका सदस्यहरुले भोलि ११ बजेदेखि छलफल गर्नुहुनेछ । उहाँहरुको सुझाव संकलन गर्दै हामीले भोलिको सट्टा पर्सि पोलिटब्यूरो बैठक बस्नेछौं । केन्द्रीय कमिटी बैठक पनि एक एक दिन पछि सर्दै गएको छ’, उनले भने ।

नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ । सोही महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनको मस्यौदामाथि पार्टी भित्र छलफल सुरु गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?