+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गृहमन्त्रीको खण्डन गर्दै प्रचण्डले भने : जीबी राई भगायो भन्नु वाहियात हो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३० गते १८:०८

३० वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जीबी राईलाई अघिल्लो सरकारले भगाएको गृहमन्त्रीको दाबीको खण्डन गरेका छन् ।

भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले संसदको गतिरोध अन्त्यका लागि पहल भइरहेको बताए । कांग्रेससँग आइतबार बिहान सकारात्मक सम्वाद भएको भन्दै उनले यदि भोलि साँझसम्म सहमति नभएपनि कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिलाई रोक्छ भन्ने नलागेको बताए ।

प्रधानमन्त्री प्रचण्डले सहकारीको वचत हिनामिना गरेको आरोप लागेका जीबी राईलाई पक्राउ गरेर ल्याउने प्रयास भइरहेको बताए ।

गृहमन्त्रीले त अघिल्लो सरकारले भगाएको हो भन्ने भएको छ नि भन्ने प्रश्नमा प्रचण्डले भने, वाहियात कुरा हो । त्यस्तो तर्क कसैले पनि गर्न हुँदैन ।’

जीबी राईलाई ल्याउनुपर्छ भन्नेमा सरकार प्रष्ट रहेको भन्दै उनले भने, अघिल्लो सरकारले, अघिल्लो प्रधानमन्त्रीले, अघिल्लो गृहमन्त्रीले भगायो भन्ने बेतुकको कुरा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?