
३१ वैशाख, विराटनगर । कोशी प्रदेशसभाको विश्वासको मतमा राप्रपा तटस्थ बस्ने निर्णय गरेको छ ।
पार्टीको प्रदेश संसदीय दलको बैठकले तटस्थ बस्ने निर्णय गरेको हो । दलका नेता भक्तिप्रसाद सिटौलाले विश्वासको मतको पक्ष वा विपक्ष कतै पनि मत जाहेर नगर्ने बताए ।
आजको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची छ ।
११ बजे बोलाइएको बैठक १ बजेपछि बस्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4