+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

गृहमन्त्री संसद्‌मा बोलेपछि हामीलाई बोल्न दिन सत्तापक्ष तयार भएन : शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १६:३६

३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न कांग्रेसले रोक नलगाएको बताएका छन् ।

कांग्रेस नेताहरूको छलफलपछि पत्रकारहरूलाई प्रतिक्रिया दिंदै उनले भने, ‘हामी गृहमन्त्रीलाई संसद्‌मा बोल्न दिन जहिल्यै तयार छौं । तर उहाँ बोलेपछि कांग्रेसले बोल्न पाउनुपर्छ भन्ने हाम्रो माग हो ।’

शर्माले सत्तारुढ दलहरू कांग्रेसलाई बोल्न दिन पक्षमा नभएकाले संसद् अवरोध गर्न बाध्य भएको बताएका छन् । उनले भने, ‘हामीले सत्तापक्षलाई बोल्न दिन तर सत्तापक्षले प्रतिपक्षलाई बोल्न रोक लगाउने यस्तो अभ्यास पनि कहीँ हुन्छ ?’

कांग्रेसले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरोध गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?