
७ जेठ, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २७.५४ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०९२ अंकमा पुगेको छ । दिउँसो कारोबारका क्रममा १२ : २३ बजे २१२१ अंकसम्म पुगेको बजार त्यसपछि केही सम्हालिएको हो । कारोबार रकम पनि उल्लेख्य भएको छ । अघिल्लो दिन ५ अर्ब २५ करोडको कारोबार भएकोमा आज ५ अर्ब ८५ करोडको भयो ।
कुल १३५ कम्पनीको मूल्य बढ्दा १०७ को घट्यो भने ४ को स्थिर रह्यो । यस दिन बजार वृद्धिका लागि बैंकिङ समूहको योगदान उच्च रह्यो । उच्च पुँजीकरण रहेकाले सो समूहले नेप्सेलाई बढी प्रभाव पार्दछ । बैंकिङ सूचक सबैभन्दा धेरै ४.१८ प्रतिशत बढ्यो ।
त्यस्तै व्यापार २.२३, अन्य ०.५२, लगानी १.८४, हाइड्रोपावर १.३८, होटल तथा पर्यटन ०.३९, विकास बैंक ०.४२ प्रतिशत बढे । फाइनान्स ०.५७, जीवन बीमा ०.०८, उत्पादन ०.५२, माइक्रोफाइनान्स ०.६५ र निर्जीवन बीमा समूह ०.५० प्रतिशत घटे ।
सामुदायिक लघुवित्त, बुद्धभूमि हाइड्रोपावर, भगवती हाइड्रोपावर र नेरुडे मिर्मिरे लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । बाराही हाइड्रोपावर र एनआईसी एसिया बैंकको ९ प्रतिशत मूल्य बढ्यो । माइखोलाको मूल्य ८.२ तथा छ्याङ्दी हाइड्रोको ७.३ प्रतिशतले बढेको छ ।
उपकार लघुवित्तको ७.४, सिर्जनशील लघुवित्तको ६.३, मनकामना स्मार्ट लघुवित्तको ५.७, युनिक नेपाल लघुवित्तको ५.६ र नारायणी डेभलपमेन्ट बैंकको मूल्य ५.५ प्रतिशत घट्यो ।
कारोबार रकमका आधारमा सीईडीबी हाइड्रोपावर, पोखरा फाइनान्स, साइन रेसुङ्गा विकास बैंक, फस्र्ट माइक्रोफाइनान्स र एनआईसी एसिया बैंक क्रमशः अगाडि रहे ।
प्रतिक्रिया 4