+
+

अर्थमन्त्री पुन भन्छन् : बजेटका लागि स्रोतको कमी छ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ९ गते १८:०७

९ जेठ, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले खर्चको आवश्यकता बढेको तर त्यसअनुसार बजेट निर्माणका लागि स्रोत नभएको बताएका छन् । बुधबार संघीय संसद सचिवालयका अधिकारीहरुसँगको भेटमा उनले यस्तो बताएका हुन् ।

सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपसभामुख इन्दिरा राना, संसदीय समितिका विषयगत समितिका सभापतिहरुले बुधबार अर्थमन्त्री पुनलाई बोलाएर छलफल गरेका थिए ।

सिंहदरवारमा भएको छलफलमा सभामुख घिमिरेसहितका अधिकारीहरुले संसद सचिवालयका लागि आवश्यक बजेट विनियोजन नहुँदा समस्या भएको बताएका थिए । जवाफमा अर्थमन्त्री पुनले संसद सचिवालयका लागि आवश्यक बजेटको प्रवन्ध गर्ने बताए ।

अर्थमन्त्री पुनका अनुसार १८ खर्बको सिलिङमा बजेट निर्माण भइराखेको छ । बजेट सिलिङ अनुसार न्युनतम दायित्वमा बजेट थपघट गर्न सकिने र यसका लागि सिलिङ र स्रोत मिलाइने उनको भनाइ छ ।

‘स्रोत कमी भएर नै समस्या भएको छ’ अर्थमन्त्री पुनले भनेका छन् । नयाँ सवारी नकिन्ने, वैदेशिक भ्रमणमा कम गर्ने जस्ता नीतिले आर्थिक बृद्धिदर चार प्रतिशत वरिपरी हुने देखिएको उल्लेख गर्दै अर्को वर्ष थप आर्थिक बृद्धिका लागि काम गर्नुपर्ने दबाबमा पनि सरकार रहेको बताए ।

संघीय संसद सचिवालयका अधिकारीहरुले कर्मचारीले अतिरिक्त काम गरेबापत्त भत्ता नपाएको बताएका थिए ।

अर्थमन्त्रालयले इलोक्ट्रोनिक हाजिरी भएको अवस्थामा अतिरिक्त काम गर्नेहरुलाई थप सुविधा दिन सकिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?