
९ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध आइतबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।
संसदीय दल र केन्द्रीय कार्यसमितिको बुधबार बसेको संयुक्त बैठकले १३ गते भृकुटीमण्डपमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने, ‘प्रदेश र जिल्लाले पनि आफ्नो कार्यक्रम गर्दै जानेछ ।’
सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन गर्ने मागमा सरकार गम्भीर नभएको कांग्रेसको ठहर छ ।
कानुनी राज्यका मर्यादा विपरीत सरकार चलेको र कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरेर सरकारले मिडियालाई त्रासमा राख्न खोजेको हुनसक्ने कांग्रेसको ठहर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4