+
+

धावनमार्गमा ‘खाल्डो’ परेपछि त्रिभुवन विमानस्थल पौने घण्टालाई बन्द

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते १२:२२
फाइल तस्वीर

११ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्गमा सानो आकारको खाल्डा परेपछि पौने घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान बन्द गरिएको छ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले धानवमार्गको ०२ (कोटेश्वरपट्टि) भागमा सानो आकारको खाल्डो परेपछि उडान अवतरण सबै बन्द गरिएको बताए ।

‘उडान सुरक्षाका लागि सबै उडान अवतरण बन्द गरिएको छ,’ झाले अनलाइनखबरसँग भने, ‘खाल्डो पुर्ने गर्ने काम भइरहेको छ । मर्मतपछि सुक्न समय लाग्ने भएकाले ४५ मिनेट सबै उडान अवतरण रोकेका छौं ।’

झाका अनुसार धावनमार्गको ०२ तर्फ ‘सी–डी’ भागमा खाल्डो परेको हो । खाल्डो पुर्न विमानस्थलको मर्मत टोली अहिले धावनमार्गमा छ ।

‘खाल्डो परेको भाग धावनमार्गको लगभग बीचमा छ,’ झाले भने, ‘अन्तर्राष्ट्रिय उडान अवतरण त गर्नै मिल्दैन । आन्तरिक उडान चाहिँ गर्न सकिन्छ । तर, सुरक्षाका कारण सबै उडान अवतरण रोकेका हौं ।’

झाका अनुसार अहिले काठमाडौं आइरहेका धेरै वायुसेवा कम्पनीका जहाज ‘होल्ड’ भएका छन् । थाइल्यान्डको बैंककबाट आइरहेको थाई एयरवेज, मलेसियाको क्वालालम्पुरबाट आइरहेको मेलसिया एयरलाइन्स लगायत होल्ड गरिरहेका छन् ।

त्यसैगरी आन्तरिकतर्फ बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स लगायत पनि होल्डमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?