+
+

वस्ती छेउबाटै पहिरो, गाउँ छोड्न थाले चितवनको सराथोकवासी

रासस रासस
२०८१ जेठ ११ गते १४:०३
फाइल फोटो ।

११ जेठ, चितवन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना–४ सराथोकमा गाउँको छेउबाट पहिरो जान थालेपछि गाउँ जोखिममा परेको छ । पुरानो गुरुङ गाउँमध्येको एक सराथोकमा वर्षामा पहिरोको जोखिम बढ्ने भन्दै स्थानीय गाउँ छाड्न थालेका छन् ।

सराथोक गाउँले जिल्लाको सयौँ वर्ष पुरानो इतिहास बोकेको स्थानीय बताउँछन् । ०७२ को विनाशकारी भूकम्पबाट तहसनहस भएको गाउँ विस्तारै पुनर्निर्माण गर्दै उठेको थियो । पछिल्लो समय पहिरोको चपेटामा पर्न थालेको भन्दै वर्षामा स्थानीय थप त्रसित हुने छविलाल गुरुङले बताए । उनका अनुसार हरेक वर्ष बर्खा लाग्न थालेसँगै स्थानीय डराइडराइ बस्नुपर्ने बाध्यता छ ।

पहिरोका कारण गाउँबस्ती नै जाखिममा परेपछि गाउँ छोडेर जानेहरू बढेका स्थानीय हरि गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “कुनैबेला करिब ३५ घर रहेको यो गाउँमा अहिले २० घर मात्र छन् ।”

पहिरोका कारण पुरानो गुरुङ गाउँ जोखिममा परेपछि बस्ती जोगाउन गाउँपालिकाले योजना बनाएर काम गरिरहेको जनाएको छ । पछिल्लो २ आर्थिक वर्षमा बजेट व्यवस्थापन गरी ‘मेसिनरीवाल’को व्यवस्था गरेर बस्ती संरक्षणको काम गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए । उनले भने, ‘पहिरो रोक्नका पालिकाले २ आर्थिक वर्षमा बजेट विनियोजन गरी मेसिनरीवाल लगाएको छ । यसबाट बस्तीको संरक्षण हुने अपेक्षा लिएका छौँ ।’

पहिरोको जोखिम कम गर्न गाउँपालिकासँग सहकार्य गरेर वडा कार्यालयले पनि काम गरिरहेको वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीले बताए । उनका अनुसार बस्ती जोगाउन लगाइएको मेसिनरीवालमा हालसम्म ८ लाख रुपैयाँ खर्च भइसकेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?