+
+

स्वास्थ्य मन्त्रालय मातहतका उच्च अधिकारीको सरुवा, को–कहाँ पुगे ?

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ११ गते १९:५५

११ जेठ, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य माताहतका निकायमा कर्मचारीको सरुवा गरेका छन् ।

मन्त्रालयका उच्च कर्मचारीका अनुसार स्वास्थ्यमन्त्री यादवले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) प्रमुख डा. रुद्र मरासिनीलाई ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा सरुवा गरेका छन् ।

यसअघिका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नियुक्त गरेका डा. प्रमोद यादवलाई हटाउँदै मरासिनीलाई जिम्मेवारी दिइएको हो । तर, इपिडिमियोलोजी महाशाखामा भने हालका लागि कसैललाई पनि जिम्मेवारी दिइएको छैन ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा. रोशन न्यौपानेलाई निर्देशकको जिम्मेवारी दिइएको छ । अस्पतालमा निर्देशक रहेका डा. युवानिधि बसौलालाई कान्ति अस्पतालमा फिर्ता पठाइएको उच्च अधिकारीले बताए ।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सञ्जय ठाकुरलाई वीर अस्पतालमा काज फिर्ता गरिएको छ भने केन्द्रमा कसैलाई पनि जिम्मेवारी दिइएको छैन । राजविराजस्थित गजेन्द्र नारायणसिंह अस्पतालमा अवधेश कुमार मिश्रालाई प्रमुख मेसुको जिम्मा दिइएको छ ।

यसैगरी, मन्त्रालयका उपसचिव चिरञ्जिवी घिमिरेलाई आयुर्वेद विभागमा पठाइएको र आयुर्वेद विभागमा रहेका रेवतीरमण शर्मालाई कर्मचारी प्रशासन शाखाको जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?