+
+

गुल्मीको अर्जैमा सिंचाइ सुविधा, किसान हर्षित

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते ६:२२

१३ जेठ, गुल्मी । गुल्मीको अर्जैमा सिंचाइ सुविधा पुगेपछि किसानहरु हर्षित भएका छन् ।

जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय गुल्मी माग्दी खोलाबाट कुलो निर्माण गरी अर्जैमा सिंचाइ सुविधा पुर्‍याएको हो ।

योजना सम्पन्न भएपछि स्थानीय कृषकहरुलाई धान रोपाइँ गर्न आकाशे पानी कुर्नुपर्ने बाध्यता अन्त्य भएको कृषक यमबहादुर आर्यालले बताए ।

सिंचाइ सुविधा नहुँदा मालिका गाउँपालिका वडानम्बर ६ र ७ का किसानहरु आकाशे पानीमा भर पर्थे । केही जमिन बाँझो नै हुने गरेको थियो ।

सिंचाइ सुविधाको अभावमा अनेत्र गएकाहरु पनि सिंचाइ सुविधा पुगेपछि गाउँ फर्किएर खेती गर्न सुरु गरेको माग्दी डिहीमा मजुवा कुलो उपभोक्ता समितिका अध्यक्ष यमबहादुर अर्यालले बताए ।

३ हजार ५ सय मिटर लामो कुलो निर्माण गरेर डिही खेतमा पानी पुर्‍याइएको जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय गुल्मीका डिभिजन प्रमुख भरतप्रसाद सापकोटाले बताए ।

वडाअध्यक्ष दिपक भण्डारीले सिंचाइ सुविधा पुगेकाले किसानहरुले अब खेती गरेर देखाउनुपर्ने बताए ।

सिंचाइ योजनाबाट ४२ घर धुरी लाभान्वित हुने अनुमान छ । जनश्रमदान बाहेक ९२ लाख ९ हजार रुपैयाँको लागतमा उक्त योजना सम्पन्न भएको छ । यस योजनामा ९ लाख बराबरको जनश्रमदान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?