+
+

न्युयोर्कमा नेपाली रियालिटी शो ‘द च्यालेन्जर्स : गेम अफ द हिमालयज’को प्रिमियर

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते २२:१०

काठमाडौं । नेपाली रियालिटी शो ‘द च्यालेन्जर्स : गेम अफ द हिमालयज’को प्रिमियर आइतबार बिहान न्युयोर्कको टाइम्स स्क्वायरस्थित एएमसी थिएटरमा सम्पन्न भएको छ । अमेजन प्राइममा स्ट्रिमिङ भइरहेको शोको पहिलो एपिसोडलाई हलमा देखाइएको हो ।

प्रिमियरको विशेष आकर्षणको रुपमा नेपालसहित फिलिपिन्स, भारत, अमेरिका, कोलम्बिया र थाइल्यान्डका चर्चित युट्युबर उपस्थित रहे । यी युट्युबरको कोष संकलनका लागि प्रिमियर आयोजना गरिएको शोका निर्माता तथा निर्देशक श्री गुरुङले अनलाइनखबरलाई जानकारी दिए ।

ती ६ युट्युबरलाई नेपालको सगरमाथा क्षेत्रमा ल्याएर जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभावबारेको कथा विश्वमाझ सुनाउने उद्देश्य रहेको निर्देशक गुरुङको भनाइ छ ।

‘हामीले युट्युबरलाई एभरेस्टमा लैजाने र उनीहरुको माध्यमबाट जलवायु संकटको कथा सुनाउने हो,’ गुरुङले भने । प्रिमियरमा शोका प्रतिस्पर्धीले बनाएको हिमनदीको भिडियो, वर्ल्ड भ्लग च्यालेन्ज र जलवायु परिवर्तनको कथाबारेका भिडियो समेत स्क्रिनिङ गरिएको जनाइएको छ ।

प्रिमियर समारोहमा राष्ट्रसंघका लागि नेपाली राजदूत लोकबहादुर थापासहित नेपाली समुदायको सहभागिता थिए । न्युयोर्कस्थित द ग्रेट नेपाली डायस्पोराको सहआयोजनामा प्रिमियर आयोजना गरिएको थियो ।

अहिले अमेजन प्राइममा १० डलर तिरेर आठ एपिसोड हेर्ने सुविधा छ । नेपालमा भने सन् २०२५ मा प्रिमियरको तयारी छ । त्यसबाहेक भारत, ल्याटिन अमेरिका, थाइल्यान्ड र फिलिपिन्समा पनि प्रिमियरको तयारी भइरहेको गुरुङले जानकारी दिए ।

 

‘अहिले हामी अमेरिकामा फोकस छौं । यो प्रिमियरसँगै बाटो खुला भएको छ,’ उनले भने । नेपालको पर्यटन प्रवर्द्धननदेखि जलवायु संकटको कथा विश्वलाई सुनाउन यो रियालिटी शो उपयुक्त माध्यम हुने आशा निर्माता गुरुङले लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?