
१३ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा २ लाख २५ हजार विद्युत्का ग्राहक थपिएका छन् ।
आर्थिक सर्वेक्षण २०८०/८१ को तथ्यांक अनुसार २०८० को फागुनसम्म विद्युत् उपयोग गर्ने ग्राहकको संख्या ५८ लाख ७३ हजार ८०७ पुगेको छ । २०८० असारसम्म यो संख्या ५६ लाख ४८ हजार थियो ।
गत फागुनसम्म कुल २९७५ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जडान भएको छ । जसमा नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा सञ्चालित परियोजनाबाट ६६० मेगावाट, विद्युत् प्राधिकरणका सहायक परियोजनाबाट ४९२ र निजी क्षेमबाट सञ्चालित परियोजनाबाट १८२२ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिएको सर्वेक्षणमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4