+
+

अदालतमा विचाराधीन मुद्दाबारेको अभिव्यक्तिमा महजोडीले मागे माफी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते ११:३४

काठमाडौं । अदालतमा विचाराधीन मुद्दामा अभिव्यक्ति दिएपछि विवादमा मुछिएका कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले माफी मागेका छन् । अष्ट्रेलियाबाट सोमबार बिहान भिडियो सन्देश जारी गर्दै उनीहरुले बोलेर गल्ती गरेको स्वीकारेका हुन् ।

‘हामी ब्रिक्स क्याफेमा बसेर अस्ट्रेलिया आउने विषयमा गम्भीर रूपमा छलफल गर्दै थियौं । त्यही बेला त्योभन्दा गम्भीर विषयमा, अदालतमा विचाराधीन विषयमा थुप्रै पत्रकार बसेर छलफल गर्नु भएको रहेछ,’ श्रेष्ठले भिडियोमा भनेका छन्, ‘एउटा मुडमा बसेको समय अपर्झट बोल्ने प्रस्ताव आयो । हामी पनि के बोल्ने भनेर अक्मकियौं ।’

‘अदालतमा विचाराधीन विषयमा हामीले नबोलेको भए हुन्थ्यो’, हरिवंशले भनेका छन्, ‘हामीबाट त्रुटि भयो । त्यसका लागि हामीलाई यत्रो वर्ष आफ्नो सम्झेर माया गरिदिनुभयो ।’ उनले यसपटक पनि सबै कुरा बिर्सिदिएर माफी दिन आग्रह गरेका छन् ।

अष्ट्रेलिया उड्नुअघि महजोडीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे टिप्पणी गरेका थिए । लगत्तै सामाजिक सञ्जाल प्रयोगकर्ता उनीविरुद्ध खनिएका थिए । महजोडी यतिबेला महाजात्रा कार्यक्रमका लागि अष्ट्रेलिया टूरमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?