+
+

महालेखाले देखायो बन्चरेडाँडा ल्यान्डफिल साइट व्यवस्थापनका ५ कमजोरी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते १९:५०

१४ जेठ, काठमाडौं । बन्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइट सञ्चालन र व्यवस्थापनमा भएका ५ कमजोरी महालेखा परीक्षकको प्रतिवेदनले औंल्याएको छ ।

काठमाडौं उपत्यकामा हुने फोहोर उत्सर्जनको दिगो व्यवस्थापन गर्ने भन्दै नुवाकोट ककनी–ू र धादिङ धुनीबेंसी–१ कोल्पु खोला बन्चरेडाँडा फेदीमा खोला डाइभर्सन गरेर ३१ हजार वर्गमिटरमा निर्माण भएको स्यानिटरी ल्यान्डफिल साइटको विषयमा महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदनले ५ कमजोरी औंल्याएको हो ।

बन्चरेडाँडामा महालेखा देखाएका ५ कमजोरी

१) फोहर तौल गर्ने स्थानमा फोहरसँग जोखिमयुक्त रेडियोधर्मी फोहर रहे/नरहेको जाँच गर्ने, विसर्जनका लागि ल्याइएको फोहोरको तौल लिई अभिलेख राख्ने, फोहरलाई तोकिएको निश्चित क्षेत्रमा मात्र खन्याउने व्यवस्था छ । विसर्जन गरेको फोहोरको तौल नगरेको र जोखिमयुक्त रेडियोधर्मी पदार्थ फोहोर रहे/नरहेको जाँच गरेको विवरण देखिएन ।

२) हाल फोहर कम्प्याक्सन नगरेको, फोहर कम्प्याक्सनका लागि मेसिनरी उपकरण साइटमा नरहेको, फोहर कम्प्याक्सन नगर्दा सेल १ को उचाइ बढ्दै गई बाँधको उचाइ २५ मिटरसम्म फोहरको थुप्रो लागेकाले सेल २ मा फोहोर राख्न थालेको, सेडिमेन्टेसन ट्यांक नजिकै आयोजनाले अधिग्रहण गरेको जग्गामा अवैध ढुंगा उत्खनन गरेकाले सेडिमेन्टेसन ट्यांकलाई क्षति पुग्न सक्ने अवस्था देखिएको, विद्युत प्रवाह अवरोध हुँदा लिचेट सर्कुलेसन बन्द भई ओभरफ्लो भएर खोलामा मिसिन सक्ने अवस्था भएको, मापदण्ड अनुरूप लिचेटलाई सर्कुलेसन गरी सेडिमेन्टेन्सन पश्चात पुनः थुपारिएको फोहोरमाथि पठाउनुपर्नेमा नपठाइ लिचेट पोखरीमा नै पठाइएका कारण दुवै पोखरी भरिन लागेको स्थिति देखिएको छ ।

३) विभागले काठमाडौं महानगरपालिकालाई मापदण्ड बमोजिम फोहरमैला विसर्जन गर्नुपूर्व कुहिने र नकुहिने फोहर छुट्याएर नराखेको, फोहरको तौल लिई अभिलेख नराखेको, सेलको तोकिएको निश्चित स्थानमा फोहर विसर्जन नगरेको, भेन्ट पाइप मापदण्ड बमोजिम विस्तार नगरेको लगायत विषयमा ध्यानाकर्षण गराएकोमा त्यसको सुधार भएको देखिएन ।

४) ल्यान्डफिल साइट सञ्चालन गर्दा ल्यान्डफिल्ड साइटभन्दा अगाडि र पछाडि कोल्पु खोलाको पानीको परीक्षण गर्ने, सतहबाट बगेर सेलमा आउने पानीलाई नियन्त्रण गर्न निर्माण भएका नालाको नियमित सरसफाइ गर्ने र आवश्यकता अनुसार सतहको पानी निकासको लागि अर्थन् पेरिफेरल ड्रेन मनिटरिङ वेल बनाउँदै जानुपर्ने र साइटभित्र रहेको मनिटरिङ वेलको पानीको नियमित परीक्षण गर्नुपर्ने व्यवस्था समेत पालना भएको देखिएन ।

५) मन्त्रालयले विभागलाई पूर्वाधार निर्माण गर्न दिएकोमा सोअनुरूप पूर्वाधार निर्माण भइसकेको र विभागले काठमाडौं महानगरपालिकालाई २०८० साउन २ मा पठाएको पत्रअनुसार महानगरपालिकाले फोहर व्यवस्थापन कार्य तथा फोहर ढुवानी गर्ने ट्रिपरबाट यो वर्ष १ करोड ८७ लाख ३० हजार राजस्व संकलन गरेको छ । ल्यान्डफिल साइटको सम्भार दायित्व समयावधि समाप्त हुने भएकाले ल्यान्डफिल साइट मर्मत सम्भार तथा व्यवस्थापन कार्यको दायित्व लिनका लागि विभागले महानगरपालिकालाई अनुरोध गरेकोमा त्यसको जवाफ प्राप्त भएको छैन ।

प्रभावित स्थानीय तह तथा तालुक निकाय एवम् सरोकारवाला पक्षसँग समन्वय गरी ल्यान्डफिल साइट अपरेटिङ म्यानुअलमा भएका व्यवस्था पालना सम्बन्धमा नियमित अनुगमन गर्ने संयन्त्र विकास गर्ने तथा मर्मत सम्भार सुनिश्चित गरी वैज्ञानिक ढंगले फोहरमैला व्यवस्थापन गर्नुपर्छ ।

त्यसैगरी सहरी विकास मन्त्रालयले मिश्रित फोहोर २० वर्ष र वर्गीकृत फोहोर ४० वर्षसम्म धान्ने गरी २० हजार घनमिटर क्षमताको लिचेट पोखरी र सेडिमेन्टेसन पोखरी निर्माण गरेको थियो ।

जियोमेम्ब्रेन, जियोटेक्सटायल, ड्रेनेज लेयर राखेर फोहरको लेदो संकलन गरी ट्रिटमेन्टका लागि सेडिमेन्टेसन, एरेसन तथा रिसर्कुलेसन प्रावधानसहित स्यानिटरी ल्यान्डफिल साइट ९६ करोड ३५ लाख ३९ हजार लागतमा निर्माण कार्य पूरा भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?