+
+

बागमतीमा लगानी दशक घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते २०:०८

१४ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ देखि ९०/९१ सम्मको अवधिलाई लगानी दशक घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्माले १० वर्षभित्र प्रदेशमा स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन गरिने उल्लेख गरेका छन् ।

शर्माले उद्यमी व्यवसायीहरूको मनोबल बढाउन व्यवसायमैत्री वातावरण निर्माण गरिने उल्लेख गरे ।

छरिएको पुँजीलाई एकत्रित गरी ठूला परियोजना कार्यान्वयन गर्न, बन्द रहेका उद्योग सञ्चालन र व्यवस्थापन गर्न तथा प्रदेशभित्र स्वदेशी तथा विदेशी लगानी प्रवर्द्धन गरी लगानीको वातावरण तयार गर्न प्रदेश लगानी बोर्ड गठनका लागि कानुनी व्यवस्था मिलाउने प्रदेश प्रमुख शर्माले बताए ।

शर्माले उद्यमशीलता विकास गरी युवाहरूको विदेश पलायनलाई रोक्न प्रदेशका सबै निर्वाचन क्षेत्रमा स्टार्टअप, प्रविधि हस्तान्तरण तथा परामर्श सेवा सहितको उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?