+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गुल्मीमा आरु बखडा टिप्ने क्रममा करेन्ट लागेर एक जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते १२:५१

१६ जेठ, गुल्मी । गुल्मीमा करेन्ट लागेर एक जना युवा घाइते भएका छन् । घाइते हुनेमा अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका–८ नेटाका १६ वर्षीय विजय परियार छन् ।

परियार बिहीबार विहान गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–६ नेटाखर्क बस्ने अर्जुन थापाको बारीको ढिकमा रहेको आरु बखडाको फल टिप्ने क्रममाकरेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।

बखडा टिप्ने क्रममा रुखमाथि रहेको बिजुलीको हाइटेन्सन लाइनको तारले छोइएर करेन्ट लाग्दा दाहिने हात, बाँया खुट्टा र छातिमा चोट पुर्‍याएको प्रहरीले जनाएको छ । परियारलाई उपचारको लागि गुल्मी अस्पतालमा ल्याइएको थियो ।

उपचारको लागि गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज प्रभाष पाल्पा रिफर भएको प्रहरीले जनाएको छ । घाइते परियार बोल्न नसक्ने अवस्था मध्यम रहेको पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?