+
+

२०६९ अंकमा झर्‍यो सेयर बजार

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १७ गते १५:१२

१७ जेठ, काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार १९.८९ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०६९ अंकमा झरेको छ । दिनभर कुल ४ अर्ब २१ करोड रुपैयाँको कारोबार भयो । अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएको थियो ।

यस दिन होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.५ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ १.७२, विकास बैंक ०.९७, लगानी १.१७, जीवन बीमा १.१३, माइक्रोफाइनान्स १.९६, निर्जीवन बीमा १.०७, अन्य ०.८१ र ब्यापार ०.३३ प्रतिशत घटे । उत्पादन समूह १.२३, हाइड्रोपावर ०.४९ र फाइनान्स समूहको सूचक ०.१५ प्रतिशत बढे ।

नेपाल फाइनान्स, अपर लाहोरेखोला, भगवती हाइड्रोपावर र मनकामना इन्जिनियरिङ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । युनिलिभरको मूल्य ९.५०, ग्रीन भेन्चरको ६.९, सुपरमादी हाइड्रोपावरको ६ प्रतिशत मूल्य बढ्यो ।

पोखरा फाइनान्सको मूल्य १० प्रतिशत घट्यो । कालिन्चोक दर्शन, बाराही हाइड्रोपावरको ६.७ तथा नेपाल वेयरहाउजिङको मूल्य ५.९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल फाइनान्स, ङादी ग्रुप, जानाकी फाइनान्स, सीईडीबी हाइड्रोपार र कालिन्चोक दर्शन क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?