+
+
Shares

किम्फमा ५ तन्नेरीले ‘पिच’ गरे कथा, उत्कृष्टमाथि डकुमेन्ट्री निर्माण हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २१ गते १४:०७

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)मा डकुमेन्ट्री फिल्मका लागि तन्नेरी फिल्ममेकरले ‘स्टोरी पिच’ गरेका थिए । दशकदेखि फिल्ममेकिङमा सक्रिय निर्माण संस्था ‘कथा’ले किम्फसँग मिलेर ‘कट–कथा’ शीर्षकमा सत्रको आयोजना गरेको थियो ।

जहाँ पाँच जना फिल्ममेकरले आफ्नो कथा सुनाए । निर्धारित १५ मिनेटको समयभित्र उनीहरुले आफ्ना कथा लाइभ पिच गरे । निर्णायकमा थिए अविनाशविक्रम शाह, मन्जुश्री थापा र प्रणय लिम्बू । उनीहरुले पिचिङमा सहभागीसँग प्रश्नोत्तर गरे ।

किम्फको यो संस्करणमा स्क्रिनिङ भइसकेको फिल्म ‘जर्ना’की मेकर इनुमा राईले नयाँ कथा प्रस्तुत गरिन् । उनले हेलम्बुमा जन्मेकी २४ वर्षीया अल्ट्राधावक नितुबारे डकुमेन्ट्री बनाउन थालेकी छन् । जुनको पिचिङ उनले त्यहाँ प्रस्तुत गरिन् ।

इनुमाले आफ्नो कथा जुरीसामु चिनाउँदै भनिन्, ‘मैले बनाउन लागेका यो डकुमेन्ट्रीको पात्रले गाउँबाट काठमाडौंमा आएर संघर्ष गर्दै करिअरलाई अघि बढाइरहेको कथा भन्छ ।’ आफू आदिवासी समुदायको भएकाले आदिवासीको कथामा फिल्म भन्न रुचि लागेको उनले उक्त अवसरमा बताइन् ।

पत्रकार समेत रहेकी मोनिका वाइबाले एक अन्तरलिंगी पुरुष पात्रबारेको कथा पिच गरिन् । बारा जिल्लाको बलिरामपुरको इँट्टा भट्टामा काम गर्ने ती पात्रको संवेदनशील कथामा उनले फिल्म बनाउन लागेको बताइन् । यो कथालाई समेटेर ‘म, मेरो सन्तान र उसको पहिचान’ शीर्षकमा डकुमेन्ट्री फिल्म बनाउने उनले बताइन् ।

सप्तरीका सुरेश मुखियाले पनि आफ्नो आइडिया उक्त सत्रमा प्रस्तुत गरे । आफूले बनाउन लागेको ‘कागजको मान्छे’ शीर्षकको डकुमेन्ट्रीले स्वास्थ्य सहायक पढेका सप्तरीका २५ वर्षीय रजनील झाले नागरिक बनाउन भोग्नुपरेको दुःखको कथा पेश गर्ने बताए ।

सप्तरीकै अञ्जनाकुमारीले पनि आफूले अध्ययनका लागि संघर्ष गरिरहेका मधेशका दिदीबहिनीको कथा पिच गरिन् । घरबाट विवाहको लागि दबाब आइरहेको बेला पढ्नको लागि आरती र मनिषाले कसरी आफ्नो सपनाका लागि संघर्ष गर्नुपर्छ भन्ने कथा यसले पेश गर्नेछ ।

ललितपुरकी सव्रिना डंगोलले पनि आइडिया पिच गरिन् । ‘राग, ग्वाली र चाली’ शीर्षकको डकुमेन्ट्रीमार्फत काठमाडौं उपत्यकाको संगीत परम्परामा महिलाको योगदानबारे आफूले वृत्तचित्र बनाउन लागेको उनले उक्त अवसरमा प्रस्तुत गरिन् । केही दिनमै यसरी प्रस्तुत गरिएका कथाको विजेता घोषणा गरिनेछ ।

विजेताले चार महिनाभित्र डकुमेन्ट्री फिल्म बनाइसक्नुपर्नेछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?