+
+

५ वर्षपछि युरोपेली केन्द्रीय बैंकले घटायो ब्याजदर

एजेन्सी एजेन्सी
२०८१ जेठ २५ गते ९:१८

२४ जेठ । ५ वर्षपछि युरोपेली केन्द्रीय बैंक (ईसीबी)ले ब्याजदर कटौतीको घोषणा गरेको छ । १२ जुनदेखि लागू हुनेगरी बैंकको गभर्निङ काउन्सिल बैठकले ०.२५ प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको हो ।

युरोपियन सेन्ट्रल बैंकले २०१९ सेप्टेम्बरपछि पहिलो पटक ब्याजदर घटाएको सञ्चारमाध्यम सीएनबीसीले उल्लेख गरेको छ । तीन किसिमका ब्याजदरमा ०.२५ प्रतिशत विन्दु घटाइएको छ । जसअनुसार ४ प्रतिशत रहेको निक्षेप सन्दर्भ ब्याजदर ३.७५ प्रतिशतमा झारिएको छ ।

त्यस्तै पुनकर्जा दर (रिफाइनान्स रेट) ०.२५ प्रतिशत विन्दु नै घटाएर ४.२५ प्रतिशतमा झारिएको छ भने मार्जिन प्रकृतिका कर्जाको दर त्यति नै विन्दुले घटाएर ४.५० प्रतिशत कायम गरिएको छ । बैंकले हाल साढे २ प्रतिशत रहेको मुद्रास्फीति दरलाई २ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?