+
+

रविन रेगमको ‘फनफनी’

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २८ गते १३:२४

काठमाडौं । गायक रविन रेगमले नयाँ गीत ‘फनफनी’ ल्याएका छन् । प्रेमभावको गीतमा ऐश्वर्या श्रेष्ठको शब्द र रविन स्वयंको संगीत तथा एरेन्ज छ ।

गीतको भिडियोले अन्तरजातीय प्रेमलाई परिवारले सहर्ष स्वीकारेर सभ्य समाज निर्माणमा योगदान दिनुपर्छ भन्ने सन्देश दिएको छ । साथै उमेर नपुगी विवाह गर्न कसैले जोरजबर्जस्ती गर्नुहुँदैन भन्ने सन्देश पनि यसमा छ ।

हरि वाग्लेले निर्देशन गरेको भिडियोमा सुरेश कोहली र स्मारिका दाहाल फिचर्ड छन् । भिडियोमा प्रमोद पवन भट्टराई, खेम रिजाल, शारदा रिजाल र अनिल अधिकारीले पनि अभिनय गरेका छन् । भिडियोमा सुमन तामाङको छायांकन र हेम तामाङको सम्पादन तथा रंग संयोजन छ ।

गीत ‘रेगम म्युजिक हब’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?