+

सीता दाहाल महिला अन्तर्राष्ट्रिय कबड्डी च्याम्पियनसिप काठमाडौंमा हुने

२०८१ जेठ  २९ गते ७:१२ २०८१ जेठ २९ गते ७:१२
सीता दाहाल महिला अन्तर्राष्ट्रिय कबड्डी च्याम्पियनसिप काठमाडौंमा हुने

२८ जेठ, काठमाडौं । अखिल नेपाल कबड्डी संघको आयोजनामा सीता दाहाल महिला अन्तर्राष्ट्रिय कबड्डी च्याम्पियनसिप नेपालमा हुने भएको छ । पाँच राष्ट्र सहभागी हुने उक्त च्याम्पियनसिप असार ४ देखि ८ गतेसम्म काठमाडौंमा आयोजना हुने संघका महासचिव अरविन्द झाले जानकारी दिए ।

च्याम्पियनसिपमा नेपालसहित इरान बंगालदेश श्रीलंका र इन्डोनेसियाको सहभागिता हुनेछ । नेपालको महिला टोलीले गत असोजमा चीनको हान्झाउमा भएको १९औं एसियाडमा ऐतिहासिक कांस्य जितेको थियो ।

पहिलो पटक एसियाडमा सहभागी भएको नेपाली महिला टिमले समूह चरणमा बंगलादेशलाई हराएको थियो भने इरानसँग पराजित भएको थियो । सेमिफाइनलमा भने नेपाल भारतसँग पराजित भएको थियो । नेपाल र इरानले सेमिफाइनल पुग्दै कांस्य पदक जितेका थिए ।

यस्तै नेपालको महिला टिमले सन् २०१९ मा काठमाडौंमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक रजत पदक जितेको थियो ।

केही समयअघि नेपालको पुरुष टोली बंगलादेशमा भएको बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा उपविजेता बनेको थियो । पहिलो पटक फाइनल पुगेको नेपाल घरेलु टोली बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

अखिल नेपाल कबड्डी संघ सीता दाहाल महिला अन्तर्राष्ट्रिय कबड्डी च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय