+
+

अवैध रुपमा अमेरिका पठाउने गिरोहका व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ २९ गते १८:२४

२९ जेठ, काठमाडौं । अवैध रुपमा अमेरिका पठाउने गिरोहका एक व्यक्ति भारतबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोलुखुम्बुको दुधकुण्ठ नगरपालिका–११का ४६ वर्षीय नारायणकुमार खड्का छन् । उनी अवैध रुपमा अमेरिका पठाउने गिरोहका मुख्य व्यक्ति रहेको दाबी प्रहरीले गरेको छ ।

स्रोतका अनुसार उनलाई भारतको दिल्लीबाट पक्राउ गरेर ल्याइएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले खड्कालाई सार्वजनिक गरेको छ ।

उनले अमेरिका पठाउने नाममा ४ करोड ३३ लाख ६८ हजार ११२ रुपैयाँ ठगी गरेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको छ । जाहेरी आउने क्रम जारी रहेकाले ठगीको रकम अझै बढ्न सक्ने बताइएको छ ।

दुर्गाबहादुर वली रु कमला डाँगीसहितका व्यक्तिले उनीविरुद्ध जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । खड्काले आफ्नो हाई लिंक एजुकेशन कन्सल्टेन्सी रहेको र वैदेशिक रोजगारीमा अमेरिका पठाउने भन्दै ठगी गरेको आरोप छ । तर उनको कुनै पनि कन्सल्टेन्सी नरहेको खुलेको छ । रकम लिएपछि विश्वासमा दिलाउन उनले भारत लगेर बायोमेट्रिक समेत गर्न लगाउने गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए ।

अमेरिका पठाउने भन्दै सिंगापुर, आइबरीकोस्ट हुँदै घानासम्म पुर्‍याएर अलपत्र पार्ने गरेको खुलेको छ । खड्काविरुद्ध ८ वटा बैंकिङ कसुर र १ वटा ठगीको मुद्दा समेत चलेको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)मा देखिएको छ । खड्काविरुद्धको बैंकिङ कसुर र ठगीको बिगो ७८ लाख ८८ हजार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?