
३२ जेठ, काठमाडौं । उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले वृहत् जनकपुरको ९ हजार बिघा जग्गा अतिक्रमित भएको बताउँदै कारबाहीको दायरामा ल्याउने बताएका छन् ।
शुक्रबार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनको अन्त्यमा बोल्दै लामिछानेले केही दिनमै ९ हजार बिघा जग्गा अतिक्रमणविरुद्ध प्रहरीले अपरेशन सुरु गर्ने बताएका हुन् ।
‘जाँदाजाँदै तपाईंहरुलाई एउटा कुरा जानकारी गराऔं । वृहत् जनकपुरको ९ हजार बिघा जग्गा अतिक्रमण भएको पाइएको छ । यसविरुद्ध केही दिनमै बिग अपरेशन प्रहरीले गर्दैछ’ लामिछानेले भने ।
यसैगरी आफूले मन्त्रालय सम्हालेको १०० दिनमा अतिक्रमण भएका ६३३ बिघा ७ कट्टा १३ धुरा जग्गा सरकारको साबिककै अवस्थामा ल्याइएको बताए । अन्य ठाउँहरुका सार्वजनिक जग्गाहरु समेत खोजी गरेर सरकारकै नाममा ल्याउने काम भइरहेको पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4