
२ असार, काठमडौं । धितोपत्र बोर्डको अध्यक्षका लागि सर्टलिस्टमा परेर पनि कार्यायोजना प्रस्तुतीकरण तथा अन्तर्वार्तामा सहभागी नभएकालाई पुनः बुधबार ९ बजेका लागि बोलाइएको छ ।
अर्थ मन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले बुधबारका लागि उनीहरूलाई बोलाएको हो । बोर्डको अध्यक्षका लागि आवेदन दिएर सर्टलिस्टमा परेका ५ जनाको आज आइतबार कार्यायोजना प्रस्तुती तथा अन्तर्वार्ताको समय तोकिएको थियो ।
तर ५ मध्ये २ जनाले मात्रै सहभागिता जनाए । तीन जना अनुपस्थित रहेपछि उनीहरुको कार्यायोजना प्रस्तुती तथा अन्तर्वार्ता हुन सकेन । अध्यक्षका उम्मेदवार मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठले आज कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्तामा सहभागिता जनाएका थिए । बाँकी उम्मेदवार चिरञ्जिवी चापागाईं, नवराज अधिकारी र कृष्णबहादुर कार्की भने अनुपस्थित रहे ।
अध्यक्ष सिफारिस समितिले कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने व्यवस्था छ । यहीं व्यवस्थाअनुसार ३ जनाको नाम सिफारिस गर्न नमिलेपछि पुन: अन्तर्वार्ताका लागि बोलाइएको हो ।
प्रतिक्रिया 4