+
+
Shares

कानुन व्यवसायीको शुल्कबारे कानुन बनाउछौं : कानुनमन्त्री गिरी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ६ गते १६:१२

६ असार, काठमाडौं । सरकारले कानुन व्यावसायीले लिने शुल्कलाई पारदर्शी बनाउन ऐन संशोधन गर्न लागेको छ ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीका अनुसार नेपाल कानुन व्यवसायी परिषद ऐन २०५० लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा दर्ता हुने चरणमा छ ।

‘कानुन व्यावसायीले पालना गर्नुपर्ने आचरण, कानुन व्यवसायीहरुले मुद्दाका पक्षलाई कानुनी सेवा उपलब्ध गराएवापत लिने शुल्कलाई पारदर्शी बनाउने गरी हामी नेपाल कानुन व्यवसायी परिषद ऐन २०५० लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा दर्ता हुने अन्तिम चरणमा छ’, मन्त्री गिरीले भने ।

बिहीबार प्रतिनिधि सभामा बोल्दै मन्त्री गिरीले यस्तो जानकारी दिए । उनका अनुसार कानुन व्यवसायी प्रतिष्ठान लयर्स एकेडेमी गठन गर्ने तयारी छ । यसका लागि समेत ऐन संशोधन गर्न लागिएको उनले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?