+

मेस्सी प्रेरित अर्जेन्टिनाको विजयी सुरुवात

२०८१ असार  ७ गते ११:४० २०८१ असार ७ गते ११:४०
मेस्सी प्रेरित अर्जेन्टिनाको विजयी सुरुवात

७ असार, काठमाडौं । लिओनल मेस्सी प्रेरित अर्जेन्टिनाले कोपा अमेरिका कप फुटबलमा विजयी सुरुवात गरेको छ ।

शुक्रबार बिहान भएको खेलमा डिफेण्डिङ च्याम्पियन अर्जेन्टिनाले क्यानडालाई २–० गोल अन्तरले हराएको छ । दुबै गोलमा मेस्सीको भूमिका रह्यो ।

एटलान्टामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको सुरुमै जुलियन अर्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । मेस्सीले एथेक्सिस म्याक एलिस्टरलाई पास लिएका थिए, अगाडि बढेका क्यानडाका गोलरक्षकलाई उनले बिट गरिदिएपछि अल्भारेजले गोल गरे ।

८८औं मिनेटमा लिओनल मेस्सीको पासमा लाउटारो मार्टिनेजले गोल गर्दै जित सुनिश्चित गरे ।

त्यसअघि मेस्सीले आफैं गोल गर्ने मौका गुमाएका थिए । क्यानडाका किपरलाई बिट गरेका उनले हानेको बल क्यानेडियन डिफेण्डरले रोकेका थिए ।

जितसँगै अर्जेन्टिना २ अंकसहित समूह एको शीर्ष स्थानमा छ ।

अर्जेन्टिना लिओनल मेस्सी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय