+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
६० बलमा २१ रन आवश्यक
विराटनगर किंग्स 2025
127/2 (9.6)
Shares

कैलाशमा २० वर्ष कटेपछि विवाह गर्ने ६ महिला सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १० गते २१:०५

१० असार, हेटौंडा । मकवानपुरको विकट क्षेत्रमा पर्ने कैलाश गाउँपालिकाले  २० वर्षको उमेर पार भएपछि विवाह गर्ने ६ जना महिलालाई सम्मान गरेको छ ।

बालविवाह धेरै हुने यो गाउँपालिकाले १२ कक्षाको पढाइ पूरा गरेपछि र २० वर्ष उमेर कटेपछि विवाह गर्ने महिलालाई सम्मान गरेको हो ।

कैलाशमा बालविवाह नियन्त्रणका लागि पालिकाले चेली प्रोत्साहन कार्यक्रम सञ्चालन गरिरहेको छ ।

अध्यक्ष लोकबहादुर मोक्तानले बालविवाह न्यूनिकरण गर्न चेली प्रोत्साहन कार्यक्रम ल्याइएको बताए । छोराछोरी दुबै पढ्नुपर्छ र २० वर्ष पछि मात्रै विवाह गर्नुपर्छ भन्ने सन्देशसहित सचेतनाका लागि पालिकाले बजेट छुट्याएर काम गरिरहेको उनको भनाइ छ ।

४८ करोडको बजेट 

आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४८ करोड ७८ लाख ६७ हजार ७ सय १८ रुपैयाँको बजेट ल्याएको छ ।

आगामी बर्षको बजेट चालू बर्षको तुलनामा ३ करोड ६३ लाख ८७ हजार ५८७ रुपैयाँ कम विनियोजन भएको छ । गाउँपालिकाले चालु वर्ष ५२ करोड ४२ लाख ५५ हजार ३०५ रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

गाउँपालिकाले आगामी वर्ष कृषि विकासतर्फ ९० लाख ५१ हजार, उद्योग विकास तर्फ ३१ लाख, पर्यटनतर्फ ५४ लाख, सिंचाईतर्फ ५७ लाख ३५ हजार, पशुपन्छी विकासतर्फ २२ लाख ७२ हजार र आर्थिक विकासतर्फ ३ करोड २७ लाख २९ हजार बजेट विनियोजन गरेको छ ।

किसान सूचीकरण कार्यक्रम, मकै बाली प्रवर्द्धन, एकल महिला लक्षित कृषि प्रवर्द्धन, माटो परीक्षण, आकस्मिक रोग किरा नियन्त्रण, गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम, नमुना युवा कार्यक्रम, ५० प्रतिशत अनुदानमा वैदेशिक रोजगारीबाट फर्किएकालाई प्रोत्साहन गर्न रिटर्नी उद्यमशीलता कार्यक्रमसहित बजेट विनियोजन गरिएको छ ।

गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटनका लागि जिपलाइन पूर्वाधारको निर्माण, प्याराग्लाइडिङको सम्भाव्यता अध्ययनलगायतका योजना रहेको अध्यक्ष लोकबहादुर मोक्तानले जानकारी दिए ।

युवा तथा खेलकुद तर्फ ४० लाख ५० हजार बजेट विनियोजन गरेको छ भने चेली प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिएको छ । पालिकाले शिक्षा तर्फ संघ, प्रदेश र गाउँपालिकाको समेत गरी १५ करोड ३२ लाख ८१ हजार बजेट विनियोजन गरिएको छ ।

मातृ तथा नवजात कार्यक्रमअन्तर्गत आमा सुरक्षा गर्भवती उत्प्रेरण सेवा नवजात शिशुको निःशुल्क उपचारका लागि गरी सम्रग स्वास्थ्य तर्फ गाउँपालिका, प्रदेश र संघीय सरकारको रकम सहित ३ करोड ४० लाख ५० हजार रकम विनियोजन गरिएको अध्यक्ष मोक्तानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?