 
																			काठमाडौं । हलिउड अभिनेता बिल कोब्सको निधन भएको छ । डेमोलिसन म्यान, द्याट थिङ्स यु डु, एयर बड जस्ता हिट फिल्मका अभिनेता कोब्सको ९० वर्षको उमेरमा निधन भएको परिवारका सदस्यलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।
कोब्सका भाइ थोमसले फेसबुक पोस्टमार्फत जानकारी दिंदै आफ्ना दाजु बिलको क्यालिफोर्नियास्थित घरमा मंगलबार निधन भएको पुष्टि गरेका छन् ।
उनले लेखेका छन्, ‘प्रिय मित्र, दाजु, अभिभावक, गडफादर बिलले भर्खरै खुसीसाथ आफ्ना प्रियजनहरुमाझ खुसीसाथ आफ्नो ९० औं जन्मदिन मनाएर बिदा भए ।’
पाँच दशक लामो फिल्मी करिअरमा कोब्सले करिब २०० फिल्म र टिभी शोहरु दिए । सन् १९९३ मा उनी अभिनित एक्सन-थ्रिलर फिल्म ‘डेमोलिसन म्यान’ र सन् १९९६ को अस्कर नोमिनेटेड क्लासिक फिल्म ‘द्याट थिङ यु डु’ सर्वाधिक रुचाइएका थिए ।
कोब्सले सन् १९७० मा सुरु भएको थियो । उनी गुड टाइम्स, द इक्वलाइजर, वन लाइफ टु लिभ र सेसम स्ट्रिट लगायत विभिन्न टिभी शोहरुमा पनि देखा परे ।
साथै द हिटर, ट्रेडिङ प्लेस र अस्कर विजेता ‘द कलर अफ मनी’ लगायत फिल्ममा पनि अभिनय गरेका थिए । उनी पछिल्लो पटक सन् २०२३ मा टिभी मिनी श्रृंखला ‘इन्कन्डेसेन्ट लभ’ मा देखिएका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4