
१४ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जननरसिंह केसीले प्रतिनिधि सभाको बैठकमा कविता सुनाएका छन् ।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले सरकार र संसदको विषयमा आफ्ना कुरा राख्न कविता सुनाएका हुन् ।
न राज्य नीतिले चल्छ
न विधि न पद्धति
शीर्षस्त सिण्डकेटको राज
थपिँदै नवसम्मति
संसदको सार्वभौमिकता
मिचियो लोकसम्मति
हरायो लौन खोजी पाउँ
शून्यमा शून्यको गति
संसदमा बोल्छन् सांसद
सम्बोधन हुन्न केही पनि
गर्जना हुन्छ बीच बीचमा
थोपै बर्षन्न तै पनि
काण्डैकाण्ड महाकाण्ड
खोइ छानबिन प्रतिवेदन
किन ल्याइन्न संसदमा
स्वार्थ हो, डर होकि न ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4